Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

‘छ माया छपक्कै’युट्युबमा पाइरेसी

चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा पाइरेसी भएको छ । गतवर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ एक युट्युब च्यानलबाट शनिबार अपलोड गरिएको थियो । निर्माणपक्षले हालसम्म फिल्मलाई आधिकारिक रुपमा कुनै युट्युब च्यानल मार्फत रिलिज गरेको थिएन तर चलचित्रको युट्युब राइट्स भने आमा अग्नी कुमारीसँग रहेको छ। चलचित्रलाई डीस होमको साथै ‘चलचित्र एप’मा रिलिज गरिएको छ । निर्माता रोहित अधिकारीका अनुसार पाइरेसी गर्ने व्यक्तिको खोजी भैरहेको र कानुनी कारवाही गरिने बताए ।

दिपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि