Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा दुर्घटनाबाट बचिन सृष्टी के सी

हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रशारण भैरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ यतिबेला चर्चित रियालिटी शो बन्न सफल भएको छ। फरक फरक कर्मक्षेत्रबाट आएका सेलेब्रटीहरुले आफ्नो प्रस्तुतिबाट हरेक साता दर्शकहरुलाई मनोरंजन दिईरहेका छन। लोकगित बिशेषमा गएराती शुक्रबार प्रसारण भएको कार्येक्रम सबै प्रतियोगीहरुको बेजोड प्रस्तुति रहेको थियो। प्रतियोगीहरु मध्येको  एक चर्चित प्रतियोगी हुन् सृष्टी के सी र कोरियोग्राफर केशव थापा। सृष्टी के सी कार्येक्रममा एक मात्र नेत्रहीन प्रतियोगी हुन्। कार्येक्रममा लोकगित बिशेष अन्तर्गत टप्पा विधामा डान्स देखाउने क्रमममा कोरियोग्राफर पाटनर बीच सम्पर्क टुटदा  सृष्टी के सी झन्डै स्टेजबाट लड्न लागेकी थिइन् तर कोरियोग्राफर केशवले तुरुन्तै सृष्टीलाइ लड्नबाट बचाए। कार्येक्रममा घटेको घटनाबाट शोका जजहरु संगै प्रतियोगीहरुको पनि धड्कन केहि बेर रोकियो जस्तै भएको थियो। सृष्टीले  प्रस्तुतिको क्रममा डान्स गर्दै गर्दा दुर्घटना हुन लाग्दा पनि फेरी केहि नभएको जस्तै गरि अझ  बेजोड प्रस्तुति दिएर सबैलाई चकित पारिदिएकी थिइन्।  प्रस्तुति सकेपछी शोका जजहरुले सृष्टी र केशवको  खुलेरै तारिफ गरेका थिए।

रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा निर्णायकको रुपमा दिलिप रायमाझी, गौरी मल्ल र रेनशा वान्तवा राई रहेका छन् ।

तपाईको प्रतिक्रिया