Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

कोरोनलाई जिते कुमार सानुले, तर माफी माग्दै ?

भारतीय चर्चित गायक कुमार सानु कोरोन मुक्त भएका छन । ९० दशकको सुपरस्टार गायक कुमार सानुमा केहि दिन आगाडी कोरोन पोजेटिव देखिएको थियो। हाल कोविड मुक्त भएपनि आफुलाई अझै निमोनियाको समस्या रहेको र आफु उपचारको लागि आइसोलेसनमा रहेको जानकारी सामाजिक संजालमा लाईव आएर दिएका छन्। शारीरिक हिसाबले केहि स्वस्थ भएपनि मानसिक रुपमा गायक यति बेला तनाबमा छन। गायक कुमार सानुको कान्छा छोरा जान कुमार सानु यति बेला भारतीय चर्चित रियालिटी शो बिग बोस मा प्रतियोगीको रुपमा छन्। कार्येक्रमको एक एपिसोडको दौरानमा उनको छोराले कार्येक्रम कै अर्की प्रतियोगी निक्की तंबोलीललाई आफ्नो आगाडी मराठी भाषामा नबोल्न र उक्त भाषा सुन्दा आफुलाई चिड चिडापन हुने भन्दै मराठी भाषाप्रति ठेस पुराउदै गलत अभिब्येक्ति दिएका थिए। जान कुमार सानुको यो विवादित अभिब्येक्ति पछी मुम्बई महाराष्ट्रको शिव सेनामहाराष्ट्र नवनिर्माण सेनाले आपति जनाएको थियो। शिव सेना र महाराष्ट्र नवनिर्माण सेनाले रियालिटी शो बिग बोस र गायक कुमार सानुले यसको परिणाम भोग्नु पर्ने भनेर धम्कि समेत दिएका थिए ।

हाल कलर्स च्यानल,प्रतियोगी जान कुमार सानु र गायक कुमार सानुले आम जनता र शिव सेना , महाराष्ट्र नवनिर्माण सेनालाइ माफी मागेका छन्। कुमार सानु भन्छन ” ४०- ४१ सालको अन्तरालमा मैले कहिले पनि मुम्बई, मराठी भाषा प्रति गलत सोचिन ,आज आफु जुन स्थानमा छु ,जे खाएको छु ,जे लाएको छ, जुन नाम इज्जत,जे जति कमाएको छु त्यो सब महाराष्ट्रको जनताको माया र महाराष्ट्र भूमिको कारणले हो। बिग बोसमा छोरा जानुमा आफ्नो कुनै हात नरहेको र मेरो छोरा जान कुमारले अन्जानमा गरेको गल्तीलाई माफ गरिदिनु होला।”

तपाईको प्रतिक्रिया

...र यो पनि