Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

‘कसले चोर्‍यो मेरो मन २’ बनाउने तयारी

एक दशकपछि चलचित्र ‘कसले चोर्‍यो मेरो मन’को सिक्वेल बन्ने भएको छ । निर्माता छविराज ओझा आफैले निर्माण गर्न लागेको चलचित्रको निर्देशन सविर श्रेष्ठले नै गर्दैछन् । लकडाउनका कारण चलचित्रको कामहरु रोकिएको थियो, अब पुनः काम सुचारु हुने बताइएको छ । कलाकारहरुको छनौट भने बाँकी नै रहेको छ । सिक्वेलमा रेखा थापा र आर्यन सिग्देल हुने सम्भावना निकै कम छ र नयाँ कलाकारहरु हुने प्रवल सम्भावना रहेको छ । चलचित्र ‘कसले चोर्‍यो मेरो मन’मा रेखा र आर्यन सिग्देलको मुख्य भूमिका थियो ।


नायिका रेखा थापाले ‘कसले चोर्‍यो मेरो मन फेरि’ बनाउने घोषणा गरेकी थिइन् तर चलचित्र निर्माण हुन सकेन । एक दशकअघि रेखा फिल्मस्को ब्यानरमा बनेको यो चलचित्र अब ‘कसले चोर्‍यो मेरो मन २’ भने कुनै नयाँ नामको कम्पनीबाट छविले बनाउनेछन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि