Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

अफ्रिकी फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘आइसक्रिम’

नेपाली सर्ट फिल्म ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा प्रदर्शन हुने भएको छ । यो फिल्म नोभेम्बर ३ देखि ७ सम्म भर्चुअल रुपमा आयोजना हुने फेस्टिभलको पहिलो दिन प्रदर्शन हुनेछ । यस सर्ट फिल्मलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । योगिशा खत्रीको मुख्य भूमिका रहेको फिल्म ९ मिनेट लामो छ ।

सडकमा माग्दै हिंड्ने आफ्नो आमाले सिकाए अनुसार पैसा मागेर हिंड्ने एक सडक बालिकाको कथा हो ‘आइसक्रिम’ । आफ्नो उमेर समुहका बालबालिकाहरु रमाएको देख्दा आफूलाई पनि रमाउने रहर उसमा हुन्छ तर उसँग सामथ्र्य हुँदैन । रहरलाई दबाउनु उसको बाध्यता हुन्छ । एकदिन अन्जान व्यक्तिको नजर उसमा जान्छ र कथाले नयाँ मोड लिन्छ ।

TEASER

‘आइसक्रिम’ अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, बेलायतको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल २०२०’ मा छनौट भइसकेको छ ।

तपाईको प्रतिक्रिया