Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

‘हिरोपन्ती २’ मा टाइगर श्राफ र तारा सुतारिया

नायक टाइगर श्राफको डान्स र एक्सनको फ्यान विश्वभरका मानिस छन् । दर्शकहरु उनको चलचित्र कहिले सिनेमा घरमा आउछ भनेर प्रतिक्ष्या गर्ने गर्छन्। तिनै दर्शकहरुको लागि टाइगर श्राफ सफल चलचित्र ‘हिरोपन्ती’ को सिक्वेल ‘हिरोपन्ती २’ लिएर आउने तयारीमा छन। हालै चलचित्रको नायिका पनि फाइनल भएको छ। ‘हिरोपन्ती २ मा टाइगर श्राफको जोडीको रुपमा नायिका तारा सुतारिया आउने पक्का भएकी छिन्। सामाजिक संजाल मार्फत नायिका तारा सुतारियाले आफु ‘हिरोपन्ती २’ चलचित्रमा जोडिएको जानकारी दिएकी हुन्।

तारा सुतारिया टाइगर श्राफसँग ‘स्टुडेन्ट अफ द ईयर २’ मा पहिलो पटक जोडीको रुपमा आएकी थिईन। चलचित्रका निर्माता साजिद नडीयाडलाई नायिकाले आफुमाथि विश्वास गरेकोमा धन्यवाद दिदै चलचित्रको लागि उत्साहित भएको पनि बताएकी छिन। चलचित्र ‘हिरोपन्ती २’ लाई अहमद खानले निर्देशन गर्दै छन जसले यस अघि टाइगरसँग बागी २बागी ३ निर्देशन गरेका थिए।

तपाईको प्रतिक्रिया

...र यो पनि