Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

भिटेनलाई कारबाही गर्न निर्देशन, प्राइभेटमा ‘पारा’

भिटेन (समीर घिसिङ)को नयाँ र्‍याप ‘पारा’ बिहिबार दिउँसोसम्म युट्युबको नेपाल ट्रेन्डिङमा १ नम्बरमा थियो । भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएपछि प्रहरी प्रधान कार्यालयले भिटेनलाई कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखेको थियो । साँझबाट उक्त भिडियो युट्युबमा हेर्न नमिल्ने बनाइएको छ । भिडियो हेर्न खोज्दा यस्तो देखिन्छ ।

एक वर्षअघि पनि र्‍यापका विषयमा उनी विवादमा परेका थिए । यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द प्रयोग भएको भिडियो सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । अबदेखि त्यस्तो शब्द प्रयोग गरेर भिडियो निर्माण नगर्ने सर्तमा प्रहरीले उनलाई रिहा गरेको थियो । भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडियो सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

तपाईको प्रतिक्रिया

...र यो पनि