Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

विवाह प्रस्ताव नमान्दा अभिनेत्री मालवी माथि ‘४ पटकसम्म च*क्कु प्र*हार’

टेलिभिजन अभिनेत्री मालवी मल्होत्रामाथि च*क्कु प्र*हार गरिएको छ । सोमबार करिब रातिको ९ बजे तिर उनकै घरको नजिक वर्सोवामा हमला भएको थियो । गम्भिर अवस्थामा उनलाई अस्पताल पुर्याएको थियो भने हाल उनको कोकिलावेन अस्पतालमा उपचार भैरहेको छ । सुन्दा कुनै फिल्मको सीन जस्तो लागे पनि अभिनेत्री मालवी मल्होत्राको जीवनमा यो घटना सत्य हुन गएको छ। योगेश महिपाल सिंह नाम गरेका व्यक्तिले उनीमाथि च*क्कु प्र*हार गरेका थिए । योगेशले बारम्बार विवाहको प्रस्ताव राखेको तर मालवीले समर्थन नगरेपछि रिसको झोकमा आफुपनि नरहने र मलावीलाई पनि मार्ने सोचले यसो गरेको भारतीय संचार माध्यमले जनाएको छ ।

एकोहोरो प्रेममा परेका योगेशले मालवीमाथि सडकमा रोकेर ४ पटकसम्म च*क्कु प्र*हार गरेका थिए । घटनापछि अभिनेत्री मालवीले वर्सोवा प्रहरीमा योगेश महिपाल सिंह विरुद्ध ह*त्याको प्रयासको उजुरी एफ.आइ.आर दर्ता गरेकी छन् भने प्रहरीले योगेशलाई पक्राउ समेत गरिसकेको छ। अभिनेत्री मालवीले घटनापछि नेशनल वुमन कमिसन कि चियरपर्सन रेखा शर्मा र बलिउड अभिनेत्री कंगना रनावतलाई आफुलाई सहयोग र समर्थन गर्न आव्हान समेत गरेकी छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि