Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘इच्छाधारी नागिन’ बन्दै श्रद्धा कपुर

बलिउडमा इच्छाधारी नगिनको कथामा धेरै फिल्महरु बनिसकेका छन् । वैजयंतीमाला, रीना रॉय, रेखा र श्रीदेवी जस्ता चर्चित हस्तीहरुले इच्छाधारी नगिनको भूमिका निभाई सफल चलचित्र दिईसकेकाछन् । जुन चलचित्रहरु आज पनि दर्शकहरुको मनमा ताजा नै छ । बलिउडमा अब यस्तै इच्छाधारी नगिनको कथामा नयाँ चलचित्र बन्न लागेको छ । चलचित्रको मुख्य भुमिकामा अर्थात् इच्छाधारी नगिनको रुपमा श्रद्धा कपुर देखिने भएकी छन् ।

‘स्त्री’ र ‘छिछोरे’मा धमाकेदार प्रस्तुति दिएकी नायिका कपुर अब नयाँ भूमिकामा आउन लागेकी हुन् । भारतिय संचार माध्यमका अनुसार लोककथामा आधारित हुने चलचित्र वटा पार्टमा आउनेछ । श्रद्धा आफ्नो भूमिकालाई लिएर आफु धेरै उत्साहित रहेको पनि भारतिय संचार माध्यमले जानकारी दिएको छ । हालसम्म चलचित्रको नाम फाइनल हुन सकेको छैन भने चलचित्रलाइ विशाल फूरियाले निर्देशन गर्दैछन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि