Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

कस्तो रह्यो मनिषा कोइरालाको दशैं ? (तस्विरहरु)

नायिका मनिषा कोइरालाले नेपाल र नेपालीलाई गर्ने सम्मान सँधै एकनासको छ । उनको नेपाली संस्कारप्रतिको मोह साह्रै लोभलाग्दो रहने गर्दछ । कर्मथलो जता भए पनि जन्मथलोलाई सदा प्रेम गर्नुपर्छ भन्ने शिक्षा उनीबाट लिन सकिन्छ । यो पालीको दशैं मनाएको केहि तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्दै सबैलाई दशैंको शुभकामना दिएकी छन् ।

केहि महिनाअघि नेपालको नक्सा विवादमा नेपालको समर्थनमा विचार व्यक्त गर्दा भारतीय संचार माध्यमले उनलाई नानाथरीका लाञ्छना लगाएको थियो तर उनी आफ्नो कुरामा अडिग रहिन् । ती झिनामसिना कुरामा उनी अल्झिनन् ।

जीन्दगीको उताढचढाब भोगेकी उनी सबैको प्ररणाको स्रोत हुन् । क्यानसरलाई समेत जितेकी उनले ‘हिल्ड’ नामक पुस्तक पनि लेखेकी छन् । उक्त पुस्तकमा उनले क्यान्सरले कसरी नयाँ जीन्दगी दियो भन्ने बारेमा उल्लेख गरेकी छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि