Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा मुन्नी

चर्चित रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा अब भने मुन्नी उपनामले परिचित प्रियना आचार्यको वाइल्ड कार्ड इन्ट्री भएको छ । प्रियनाको कोरियोग्राफर पार्टनरको रुपमा सुभम भुजेल रहेका छन् । यी दुइ नयाँ जोडीलाई शोका जज गौरी मल्लले प्रियम भनेर नामकरण गर्नु भएको थियो। सुभम यसअगाडि दिपा र दमन्ताको कोरियोग्राफरको रुपमा थिए । शोको प्रिमियरमा प्रस्तुति दिएका उनी विशेष कारणले शोबाट बाहिरिएका थिए । यो सँगै ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा अब जम्मा १० जोडीले आफ्नो प्रस्तुती दिदै प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसअघि गत हप्ताको आइतबार एक जोडी यो शोबाट बाहिरिएका थिए । हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रशारण भैरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा निर्णायकको रुपमा दिलिप रायमाझी, गौरी मल्लरेनशा वान्तवा राई रहेका छन् ।

तपाईको प्रतिक्रिया