Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

सुनिल गिरीको ‘मसला’मा बुद्धि, सुधिर, जेबिका र विशाल (भिडियो)

गायक सुनिल गिरीले दशैँको शुभकामना सहित डान्सिङ्ग गीतको भिडियो ‘मसला’ बजारमा ल्याएका छन् । गायक गिरी आफैले निर्देशन गरेको मसलामा गिरीका साथै एलिना चौहानको पनि स्वर रहेको छ । भिडियोमा सुधिर श्रेष्ठ, बुद्धि तामाङ, जेबिका कार्की र विशाल रेग्मीलाई देख्न सकिन्छ । गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।

विकाश दाहालको सम्पादन, हरि हुमागाईको छायांकन रहेको भिडियोको कन्सेप्ट सुनिलले नै तयार पारेको हो भने सुनिलकै यु ट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि