Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

साहरुखलाई टक्कर दिदै ऋतिकले किने १०० करोड पर्ने घर

भारतीय सुपरस्टार ऋतिक रोशन यति बेला चर्चामा छन् । चर्चाको कारण उनको फिल्म या अभिनयले गर्दा होइन, उनले हालै मुम्बईमा लगभग १०० करोड पर्ने घर किनेर सबलाई चकित परेका छन् । भारतमा १०० करोड बजेटमा एउटा सिनेमा बन्ने गर्छ। बलिउड अभिनेताहरुको जीवनशैली कस्तो छ, उनीहरुले कस्तो पहिरहन लाए, कस्तो गाडी चढ्छन् भन्ने फ्यानहरुको सधै चासोको  विषय बन्ने गर्छ । भारतीय संचार माध्यमका अनुसार मुम्बईको जुहू-वर्सोवा लिंक रोडमा अवस्थित ३८००० स्क्वायर फिट क्षेत्रफ़लमा रहेको करिब ९७. ५० करोडमा ऋतिकले नयाँ घर किनेका हुन् जसको नाम पनि साहरुख खान कै घरको नाम अर्थात् मंनत नै रहेको छ ।

ऋतिकले किनेका दुई फल्याटको अपार्टमेंट जसमा घर भित्रबाट नै एक तल्लाबाट अर्को तल्लामा जान निजी लिफ्ट रहको छ। यो घरबाट समुन्द्र देखिनुको साथै लगभग १० गाडी पार्किंग गर्न मिल्ने सुबिधा पनि रहेको छ। १०० करोडको घर किने संगै अब ऋतिक पनि महँगो घरमा बस्ने अभिनेताको सुचीमा परेका छन् । हाल ऋतिक रोशन महिनाको ८ .२५  लाख तिरेर भाडामा बस्दै आएका थिए भने अब छिटै नयाँ घरमा सर्दैछन् ।

 

तपाईको प्रतिक्रिया