Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

प्रभासले ‘राधे श्याम’को पोस्टर सेयर गर्दै के भने ?

सुपरस्टार प्रभासको फ्यानहरुका लागि खुशीको खबर छ । लामो समयपछि उनको आगामी चलचित्रको टाइटल र फर्स्‍ट लुक सार्वजनिक गरिएको हो ।

प्रभासको आगामी चलचित्रको नाम ‘राधे श्याम’ हो । रोमान्टिक ड्रामामा आधारित यस चलचित्रमा प्रभासको साथमा नायिका पूजा हेगडे छिन् ।

फिल्ममा भाग्यश्री, मुरली शर्मा, सचिन खेडेकर, प्रियदर्शी, साशा छेत्री, कुणाल राय कपूर जस्ता कलाकारहरुको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

फिल्मको पोस्टर प्रभास स्वयम्ले सेयर गर्दै लेखेका छन्, “यो तपाईहरुको लागि हो मेरो फ्यान, आशा छ मनपराउनुहुन्छ ।”

के के राधा कृष्ण कुमारले फिल्म निर्देशन गर्दैछन् । फिल्म हिंदी, तमिल, तेलुगू, मलयालम भाषामा रिजिल हुनेछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि