Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

नेहा र रोहनको विवाह (तस्विर)

चर्चित गायिका नेहा कक्कड र गायक रोहन प्रित सिंह आज विवाह बन्धनमा बाँधिदैछन् । केहि दिन अघि नेहाले सामाजिक संजालमा रोहनले विवाहको लागि प्रस्ताव राखेको दिनको तस्विर पनि सार्वजनिक गरेकी थिइन् । केहि साता अघि मात्र उनीहरुले आफ्नो सम्बन्धको बारेमा खुलासा गरेका थिए र चाँडै विवाह गर्ने बताएका थिए ।

बिहेको तयारी भने केही दिनदेखि चलिरहेको छ । उनीहरु परिवारसहित विवाहका लागि बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए । दिल्लीमा नेहाको मेहेन्दीको कार्यक्रम आयोजना भएको थियो । उनको आफन्तले सामाजिक संजालमा उनको मेहेन्दी कार्यक्रमका तस्वीर पनि शेयर गरेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि