Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

‘ए मेरो हजुर ४’को पोस्टर सार्वजनिक

नेपालीहरुको महान चाड बडा दशैको पावन अबसरमा नायक सुपरस्टार अनमोल के सी र नायिका सुहाना थापाको चलचित्र ‘ए मेरो हजुर ४’को पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रको पोस्टरलाइ झरना थापाले सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेकी हुन् । ‘ए मेरो हजुर ३’ बाट नेपाली चलचित्र जगतमा प्रवेश गरेकी नायिका सुहाना थापाले पहिलो फिल्मबाट नै दर्शकहरुको मन जिती रातारात स्टार भएकी थिईन।

‘ए मेरो हजुर ३‘को अपार सफलता पछी निर्माण पक्षले सिकवेल बनाउने निर्णय गरेका थिए । सार्वजनिक गरिएको पोस्टरमा नायक अनमोल के सी र नायिका सुहाना थापासँगै कुकुरको तस्बिर पनि देख्न सकिन्छ। ‘ए मेरो हजुर’ २ बाट निर्देशनमा प्रवेश गरि लगातार सफल चलचित्र दिएर चर्चा कमाउन सफल निर्देशक झरना थापाले नै ‘ए मेरो हजुर ४‘ को पनि निर्देशन गर्नेछिन् भने चलचित्रलाई उनकै श्रीमान सुनिल कुमार थापाले निर्माण गर्दैछन्।

 

तपाईको प्रतिक्रिया

...र यो पनि