Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

बाहुबली निर्देशक एस एस राजमौलीको ‘आर आर आर’को फस्ट लुक सार्वजनिक

चर्चित चलचित्र बाहुबलीका निर्देशक एस एस राजमौलीको बहुप्रतीक्षित चलचित्र ‘आर आर आर’को फस्ट लुक सार्वजनिक गरिएको छ। चलचित्रको फस्ट लुकमा चर्चित साउथ कलाकार जूनियर एनटीआरले निभाएको चरित्रको परिचय देख्न सकिन्छ। जूनियर एनटीआर चलचित्रमा भिमको भूमिका निर्वाह गर्दैछन ।

तेलुगु, हिंदी, तमिल, मलयालम र कन्नड़ भाषामा रिलिज गरिने चलचित्रमा जूनियर एनटीआरसंगै राम चरण ,अजय देवगन र आलिया भट्ट जस्ता चर्चित कलाकारहरुको समेत अभिनय देख्न सकिन्छ। बाहुबली पछि निर्देशक एस एस राजमौलीले निर्देशन गरको चलचित्र आर आर आर एक पिरियड ड्रामा हो।

तपाईको प्रतिक्रिया

...र यो पनि