Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

नाजिर हुसेनको ‘चिलगाडी’ को घोषणा

फूलपातीको अवसर पारेर चलचित्र ‘चिलगाडी’को घोषणा गरिएको छ । रघुनाथ सापकोटा निर्माता रहने  चलचित्रका लागि नायक नाजिर हुसेन फाइनल भैसकेका छन् अन्य कलाकार दशैंपछि छनोट गरिने निर्माण पक्षले बताएको छ । यम थापाको लेखन रहने चलचित्रलाई सागर प्रधानले छायाँकन गर्नेछन् ।

फागुनबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रलाई २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण पक्षले बताएको छ । चलचित्र ‘चिलगाडी’लाई जनकदिप पराजुलीले निर्देशन गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि