Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

सांगीतिक क्षेत्रमा नवगायक आयुष अर्यालको प्रवेश (भिडियो)

नवगायक आयुष अर्यालको ‘तिम्रो मायाले’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत राहुल प्रधानको रहेको छ भने लिरिकल भिडियो अनिल श्रेष्ठ सम्राटले बनाएका हुन् । गायक अर्यालको यो पहिलो गीत हो, गायनमा अत्यन्त राम्रो भविष्य देखिएको उनले चाँडै नै अफिसियल भिडियो पनि निर्माण गर्ने जानकारी फिल्मीइन्फोलाई दिए ।

उनले भने, “गीत एकदमै राम्रो बनेको छ । राहुल दाईले धेरै नै सहयोग गर्नुभयो । नयाँलाई पनि यसरी अघि बढ्न हौसला दिनुभएकोमा अत्यन्त आभारी छु ।” यो लिरिकल भिडियोलाई हेरेर सुनेर प्रतिकृया दिनुहुन सम्पूर्ण दर्शकहरुलाई गायक अर्यालले अनुरोध गरेका छन् ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि