Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

क्यान्सरमुक्त भए संजय दत्त

बलिउड अभिनेता संजय दत्तले केही दिनअघि एक भिडियो जारी गर्दै पहिलो पटक सार्वजनिक रुपमा आफ्नो रोगबारे कुरा गरेका थिए । उनले भिडियोमा आफूले क्यान्सरलाई जित्ने बताएका थिए । र, बुधबार आफ्नो आधिकारिक फेुसबुक अकाउन्टबाट गत हप्ता आफु र आफ्नो परिवारलाई भएको पीडा अनि त्यो पीडालाई जितेर आएको उल्लेख गरेका छन् । उनले कोकिलाबेन हस्पिटलका सम्पूर्ण डक्टर तथा नर्सहरुप्रति कृतज्ञ भएको र विशेष गरी डा. सेवन्तीलाई धन्यवाद भनेका छन् ।

६१ वर्षका संजयको सोमबार पोजिट्रान एमिसन टोमोग्राफी (पीटीइ) रिपोर्ट आएको थियो । यो रिपोर्टमा उनी क्यान्सरमुक्त पाइएका छन् । पीटीइ स्क्यान क्यान्सरको सबैभन्दा विश्वासिलो जाँच मानिन्छ ।

तपाईको प्रतिक्रिया