Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

नेपाली र्यापलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउँदै रीयान

नेपालका एक १८ वर्षीय युवा रीयान शाहले नेपाली र्यापलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउँने प्रयास गरेका छन् । उनले भारतका एमसी गगन र नाइजेरियाका लिल जुडिसरीसँगको सहकार्यमा समाजमा हुने बलात्कार र भ्रष्टचार विरुद्धको र्याप गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा समाजमा हुने बलात्कार र भ्रष्टचारलाई प्रमुख विषयका रुपमा प्रस्तुत गरिएको छ ।

समाजमा हुने त्यस्ता घटनालाई गीत संगीतको माध्यमबाट प्रतिवाद गर्नुपर्ने र्यापर शाह बताउँछन् । यस्ता घटना नेपालमा मात्र नभएर अन्य देशमा पनि हुने भएकाले अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त र्यापरसँग यस्ता विषयमा प्रतिवाद गर्न सहकार्य गरिएको उनले बताए । गीत रीयानको आफ्नै युटुव च्यानल ‘रीयान म्युजिक’बाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि