Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

मेलिना र दावादिनको ‘सरररर’मा उर्मिला र सुरजको अभिनय

गायिका मेलिना राई र गायक दावादिन शेर्पाको ‘सरररर’ म्यूजिक भिडियो सार्वजानिक भएको छ । दावा के शेर्पाको शब्द, संगित, डेकिङको एरेञ्ज, रविन थापा मगरको सम्पादन तथा छायाँकन र रमा विश्वकर्माकोे कोरियोग्राफी रहेको यस भिडियोका निर्देशक भुपेन्द्र गुरुङ्ग हुन् । ड्रोन सञ्चालनमा भने अभि राई छन् । भिडियोमा उर्मिला गुरुङ र सुरज दियालीले मुख्य अभिनय गरेका छन् ।

विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको यस भिडियोलाई दर्शकहरुले मनपराउनुहुन्छ भन्नेमा विश्वस्त रहेको निर्देशक गुरुङ्गले फिल्मी इन्फोलाई जानकारी गराए ।

तपाईको प्रतिक्रिया