Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

देशभक्ती गीत ‘जंगे पिल्लर’ लिएर आए गीतकार श्रीराम थापा (भिडियो)

अहिलेको देशको यथार्तता बोकेको, राष्ट्रिय भावनाले ओतप्रोत गीतकार श्रीराम थापाको गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ । सिमानाका जंगे पिल्लर राती राती सर्छ… भन्दै गीतकारले अहिलेको देशको यथार्तता प्रस्तुत गरेका छन् ।
गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा प्रताप दास र मेगा श्रेष्ठलाइ फिचर्ड गरिएको छ । फराज अर्पणले छायाँकन र सम्पादन गरेको भिडियोलाई गीतकार श्रीराम थापाको अफिसियल युट्युब च्यानल ‘सुसुजित इन्टरटेन्टमेन्ट’ मार्फत सार्वजनिक गरिएको छ । गीतकार थापाले आफ्नो पहिलो प्रस्तुती रहेको राष्ट्रियगीत मार्फत युट्युब च्यानल ‘सुसुजित इन्टरटेन्मेन्ट’लाई सुरु गर्नु भएको हो ।
आगामी दिनमा पनि ‘सुसुजित इन्टरटेन्टमेन्ट’ मार्फत लोकप्रिय गायक गायिकाको स्वरमा गीत रेकर्ड र भिडियो निर्माणको कामलाई निरन्तरता दिइने गीतकार थापाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

...र यो पनि