Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

४ करोडमा निर्माण ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को कमाई १०२ करोड

सन् १९९५ को अक्टुबर २० मा रिलिज भएको चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ ९० दशकको सुपर डुपर हिट चलचित्र हो । चलचित्रमा मुख्य कलाकार नायक साहरुख खाननायिका काजोल सँगैअमरिश पुरी र अनुपम खेरको अभिनय देख्न सकिन्छ। चलचित्रको निर्देशन चर्चित निर्देशक यश चोपडाका छोरा आदित्य चोपडाले गरेका हुन् । ‘दिलवाले दुल्हनिया ले जाएंगे’ चलचित्रले भारतमा ८९ करोड र ओभरसिजमा १३ करोड गरि कुल १०२ करोड कमाई गरि रेकर्ड बनाएको थियो।

चलचित्र रिलिज भएको २५ बर्ष पुगेको अवसरमा यशराज ब्यानरले आफ्नो वेवसाइटमा सो कुरा उल्लेख गरेको हो । मुम्बइको  मराठा मन्दिरमा अहिले पनि यो चलचित्र प्रदर्शन भैरहेको छ । चलचित्र रिलिज भएको २५ बर्ष पुगेको अवसरमा बेलायतको राजधानी लण्डनको लिसेस्टर स्क्वायरमा चलचित्रका मुख्य कलाकार नायक साहरुख खान र नायिका काजोलको काँसको मुर्ती समेत राखिने भएको छ । यो प्रतिमाको अनावरण अर्को बर्ष गरिनेछ । यूकेमा कुनै चलचित्र र त्यसका कलाकारको प्रतिमा राख्न लागिएको यो पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया