Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

चलचित्र ‘भाँडाकुटी’मा देखिँदै मुकुन र बेनिशा

अभिनेता मुकुन भुसाल र अभिनेत्री बेनिशा हमाल नयाँ चलचित्र ‘भाँडाकुटी’ मा देखिँदैछन् । चलचित्र बुलबुलुबाट एकाएक चर्चित बनेका अभिनेता हुन् मुकुन भुसाल। चलचित्र ‘भाँडाकुटी‘को मुख्य विषय वस्तु दलित प्रेमकथा हुने र कथालाई कमेडी मसला समावेश गरि पस्कने भनाइ निर्माण पक्षको रहेको छ।

चलचित्रको आइडिया सुन्दैमा प्रभावित भएको र फर्स्ट ड्राफ्ट पढेपछि झन् उत्साही भएको प्रतिक्रिया नायिका बेनिशा हमालले दिएकी थिइन्। किरण बिकले निर्देशन गर्ने चलचित्रमा मुकुन र बेनिशासँगै महावीर बिश्वकर्मा, रिजेन थापा, राजकुमार दर्जी, शेखर सुबेदी लगायतको अभिनय रहनेछ भने अन्य कलाकारहरुको छनौट हुन बाँकी रहेको जानकारी पनि निर्माण पक्षको गराएको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि