Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

‘कण्डम’ चुस्दै राजकुमार राव

चलचित्र ट्रयाप्ड निर्देशक विक्रमादित्य मोट्वानीले फिल्म ट्रयाप्डसँग सम्बन्धित मज्जेदार फोटो जस्मा चलचित्रका नायक राजकुमार रावले कण्डम चुसिरहेको फोटो शेयर गरेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरिएको फोटोले यति बेला चर्चा कमाइ रहेको छ । ५ वर्ष अगाडी खासमा चलचित्र ट्रयाप्डको लागि खिचिएको उक्त फोटो चलचित्रको एक सिन् हो, जहाँ नायक राजकुमार रावले कण्डम चुसिरहेको हुन्छन् तर सेन्सरबाट छाडापन भन्दै स्विकृत नभए पछि सिन् फिल्ममा समावेश नभएको जानकारी निर्देशकले गराए ।

फिल्मको कथा वस्तु अनुसार राजकुमार राव आफ्नो घरमा सिमित साधन सहित ट्रयाप्डमा पर्छन् जहाँ खान, पिउनलाई केहि नभए पछि स्ट्रबेरी फ्लेवरको कण्डम चुस्छन् । सोहि कुरा सेन्सरलाइ सम्झाउँदा पनि स्विकृत नपाएको गुनासो समेत निर्देशकले गरे । सन् २०१७ मार्च १७ मा रिलिज भएको राजकुमार राव अभिनित चलचित्रले समिक्षक र व्यापारिक हिसाबले राम्रै साथ पाएको थियो ।

तपाईको प्रतिक्रिया

...र यो पनि