Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

नित्याशिवाको आवाजमा सत्य घटनामा आधारित ‘तिम्रो यादमा’ भिडियो सार्वजनिक

नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज, आँचल शर्माको शब्द अनि राजु लामाको संगीत रहेको तिम्रो यादमा पिउदैछु को नाटकीय रुपान्तरण सहितको म्युजिक भिडियो हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको छ ।

धन सम्पतीको लोभमा परेर परिवार त्यागेपछिको वेदनालाई यस भिडियोमा प्रस्तुत गरिएकोछ । मीन अधिकारी, रबि खड्का र अमृता मगरको अभिनय, कृष्ण पाण्डे को छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र शंकर अधिकारी घायलको निर्देशनमा यो भिडियो तयार गरिएको हो ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया