Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

दीपक र मेलिना भन्दैछन्, ‘सागर भन्दा निश्चल माया’ (भिडियो)

नेपाली सांगीतिक क्षेत्रमा दिनप्रतिदिन नयाँ नयाँ म्युजिक भिडियोहरु निर्माण हुने क्रम जारी छ । कोभिडको महामारी रहेपनि भिडियोहरु बजारमा बग्रेल्ती छन् । स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी भिडियोहरु छायांकन हुने गरेका छन् । यसैक्रममा केकी अधिकारी र गौरभ शाही अभिनित ‘सागर भन्दा निश्चल माया’को भिडियो ओ.एस.आर. डिजिटलबाट सार्वजनिक भएको छ । भिडियोमा बालकलाकारहरु अकेसा पोखरेल, युजेस न्यौपाने र आइन्स चौलागाई छन् ।

दीपक चौलागाईं र मेलिना राईको आवाज रहेको उक्त गीतमा बाल आवाज भने आयुश केसीको रहेको छ । रोनिङ राईको शब्द, दीपक चौलागाईं र रोनिङ राईको संगीत, क्षितिज कुलुङ्गको एरेन्ज, अमन बडुको उत्कृष्ट छायांकन तथा सम्पादन, सुरेश घिसिङको ड्रोन सञ्चालन, मनिष श्रेष्ठको निर्देशन लगायत सम्पूर्ण टीमको मिहिनेतले भिडियो अत्यन्त राम्रो बनेको छ ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि