Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

लकडाउनसँग सम्बन्धित वेब सिरिज ‘काण्डै काण्ड’

लकडाउनसँग सम्बन्धित वेब सिरिज ‘काण्डै काण्ड’ सार्वजनिक भएको छ । आजभोलि दिनप्रतिदिन नयाँ-नयाँ वेब सिरिजहरु प्रशस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन् । जसमध्ये एक हो के छ खबर टि.भि.ले उत्पादन गरेको वेब सिरिज ‘काण्डै काण्ड’ ।

लकडाउनमा घटेका घटनालाई समेट्दै बनाइएको वेब सिरिजलाई नारायण उपाध्यायले निर्देशन गरेका हुन् भने सिरिजको सम्पादन योगेन्द्र कार्कीले गरेका छन् । सिरिजमा बिमला गिरी, कृतिबहादुर सिंह, नारायण उपाध्याय, योगेन्द्र कार्की, पशुपति खनालकोे अभिनय रहेको छ, सिरिजलाई श्याम तामाङले छायांकन गरेका हुन् ।

वेब सिरिज ‘काण्डै काण्ड’मा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कोशिस गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको निर्माण पक्षले फिल्मी इन्फोलाई जानकारी दिए ।

भिडियो:

तपाईको प्रतिक्रिया

...र यो पनि