Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

‘छ माया छपक्कै २’ लिएर आउने – दीपाश्री

नेपाली चलचित्र जगतमा दीपक दीपाको टिमलाई एउटा ब्रान्ड मानिन्छ । एकपछि अर्को लगातार सफल चलचित्र दिएर दर्शकहरुको मन जित्ने जोडी हो दीपक दीपा । नेपाली दर्शकहरुले रुचाएका यी जोडीले फेरी सफल चलचित्र ’छ माया छपक्कै’को सिकवेल ’छ माया छपक्कै २’ ल्याउने भएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा ’छ माया छपक्कै’को टिमको फोटो पोष्ट गर्दै’ हामी फेरी पक्कै आउनेछांै भन्दै’ दीपा श्रीले जानकारी दिएकी छिन् । रोहित अधिकारी फिल्म्स् र आमा सरस्वती मुभिजको ब्यानरमा बनेको चलचित्र ’छ माया छपक्कैले दर्शकको मन जिती सुपर हिट हुन सफल भएको थियो । छ माया छपक्कै २’मा को को कलाकारहरु हुने छन्, चलचित्र निर्देशन कसले गर्छन र चलचित्र कहिलेबाट छायांकन हुन्छ भन्ने कुनै जानकारी भने दिएकी छैनन् । ’छ माया छपक्कै निर्देशन गरेका दिपेन्द्र लामा भने उक्त सेयेर गरेको फोटोमा देख्न पाइन्न । यसबाट दीपाश्री आफैले चलचित्र ’छ माया छपक्कै २ ’निर्देशन गर्न सक्ने संकेत बुझ्न सकिन्छ ।

महानायक राजेश हमाल प्रति गलत अभिव्यक्ति दिएको कारण दीपाश्रीले दर्शकहरुको गाली र आलोचना खानु परेको थियो । केहि समय आगाडी सामाजिक सञ्जालमा आएर दीपाले आफ्नो गल्तीको माफी पनि मागेकी थिईन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि