Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘एउटा यस्तो प्रेम कहानी’ टिजर सार्वजनिक

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को दोश्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको मुख्य भूमिका रहेको छ । चलचित्रको पहिलो टिजरमा मुख्य भूमिकामा रहेका दुई कलाकार शक्ति श्रेष्ठ र कविता मानन्धरलाई देखाइएको थिएन । चलचित्रमा शिव श्रेष्ठ, आयुष्मान देशराज जोशी, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

सरकारले चलचित्र हल खुलाउने अनुमती दिएसँगै चलचित्र रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशक दिपेश सापकोटा हुन् ।

टिजर हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि