Date
शुक्र, कार्तिक ७, २०७७
Fri, October 23, 2020

बहुप्रतिभाशाली गायक कमल श्रेष्ठको ‘माया गाँठो पर्ला’ सार्वजनिक (भिडियो )

नेपाली सांगीतिक छेत्रमा धेरै पहिला देखि लागिरहनु भएको भए पनि बिभिन्न कारणले गर्दा गायक कमल श्रेष्ठको औपचारिक रुपमा भने पहिलो पटक गीत लिएर दर्शक माझ आउनु भएको छ ।

बहुप्रतिभाशाली गायक कमल श्रेष्ठ र लोकप्रिय गायिका मेलिना राईको युगल स्वरमा गीत ‘माया गाँठो पर्ला’मा उत्तम जंग लिम्बुको शब्द, संगीत र सन्जीव सुब्बाको एरेन्ज रहेको गीतको भिडियोलाई गायक कमल श्रेष्ठको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रविन बिस्ट र एन्जिला बानियाको दमदार अभिनय रहेको भिडियोमा नरेन मोक्तानको छायाँकन प्रदीप बस्नेतको सम्पादन र दिन्सन शाहको कलर ग्रेडिंग रहेको छ । ‘माया गाँठो पर्ला ‘को भिडियोलाई युवा निर्देशक देवजंग थापाको निर्देशन गरेका हुन् । कोरोन कहर बीच पनि मेहनतगरी म्युजिक भिडियो सार्वजनिक गरिएको ले माया गरिदिन सम्पूर्ण दर्शक श्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया