Date
शुक्र, कार्तिक ७, २०७७
Fri, October 23, 2020

निर्देशक सुरज कुसुम्याको अर्को कोसेली ‘मन लागेना’ (भिडियो)

बहुप्रतिक्षित म्युजिक भिडियो ‘मन लागेना’ सार्वजनिक भएको छ । सार्वजनिक भएको केहि समय नबित्दै भिडियोले राम्रो प्रतिक्रिया पाएको छ । टिकटकमा धेरै नै चर्चित भएको यो गीतको भिडियो दर्शकले सोचेभन्दा राम्रो बनेको दर्शक स्रोताको टिप्पणीबाट पनि बुझ्न सकिन्छ ।

एकअर्कालाई अति माया गर्ने जोडी जति नै टाढा भएपनि मायामा एकरत्ति पनि कमी आउदैन भन्ने मुख्य विषयलाई यो भिडियोमा निर्देशक सुरज कुसुम्याले उजागर गर्न खोजेका छन्, जसमा निर्देशक सफल भएको छ । भिडियोमा कलाकारद्वय नरेश चौधरी र मन्सा रावलले जीवन्त अभिनय गरेका छन् भने आर.के थारु र अन्नु चौधरीको गायन पनि प्रशंसनीय छ । सुवेस कठरियाको शब्द अनि गणेश चौधरीको संगीत तथा एरेञ्ज रहेको यो गीतको भिडियोको छायांकान र सम्पादन रामु चौधरीले गरेका हुन् । बाँके र बर्दियाका विभिन्न स्थानमा छायांकन गरिएको यो भिडियो फिल्मी शैलीको छ । यस भिडियोमा प्रस्तुत कथा निर्देशक सुरज कुसुम्या स्वयम्ले लेखेको हो । स्मरण रहोस्, निर्देशक कुसुम्या कान्तिपुर फिल्म एकेडेमीका निर्देशन विधाका विद्यार्थी हुन् ।

तपाईको प्रतिक्रिया