अर्णव गोस्वामी विरुद्ध मुद्दा

बलिउडका चर्चित चलचित्र कम्पनी तथा निर्माताहरुले रिपब्लिक भारतका संचालक अर्णव गोस्वामी, प्रदिप भण्डारी, टाइम्स नाउका पत्रकार रवि शंकर र नविका कुमारको विरुद्ध दिल्लीको उच्च न्यायलयमा मुद्दा दायर गरेका छन्। साहरुख खान, सलमान खान, अनिल कपुर, विशाल भारद्धाज, अजय देवगण,करण जोहर, रोहित सेट्टी पिक्चर्स, यशराज फिल्मस्, विनोद चोपडा फिल्मस्, एक्सेल इन्टरटेन्मेन्ट, सिने–टीवी आर्टिस्ट एसोसियसन, दि फिल्म एन्ड टीवी प्रोड्यूर्स काउन्सिल, स्क्रिन राइटर्स एसोसियसनले केही टेलिभिजन च्यानल र च्यानलका प्रस्तोता विरुद्ध दिल्लीको उच्च न्यायलयमा मुद्दा दायर गरेका हुन् ।
बलिउका चलचित्र निर्माण कम्पनी र कलाकारहरुले अपमानजनक टिप्पणी रोक्न माग गर्दै मुद्दा दायर गरेका हुन्। नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका ठूला निर्माण कम्पनी, स्टार कलाकारका विरुद्ध मिडियामा गैरजिम्मेवारीपूर्ण टिप्पणी गर्दै मिडिया ट्रायल भएको आरोप समेत लगाएका छन् ।
थप समाचार

तपाईको प्रतिक्रिया