Date
बिहि, बैशाख ३०, २०७८
Thu, May 13, 2021

टिकटकमा हिट गीत ‘मन लागेना’को भिडियो सार्वजनिक हुँदै

केही वर्षदेखि संगीतिक क्षेत्रमा रुचि राख्दै आएका आर के थारुको पहिलो थारु गीत ‘मन लागेना’ को छायांकन सम्पन्न भएको छ ।

मन लागेना’ बोलको थारु गीतमा स्वर आर के थारू र चर्चित गायिका अन्नु चौधरीले साथ दिनुभएको छ। गीतको शब्दमा सुबेश कठरिया, रचना र संगीत व्यवस्थामा गणेश चौधरी हुनुहुन्छ । त्यसै गरि कोरसमा समिक्षा चौधरी, सोनु कुश्मी, गणेश चौधरी लगायतले साथ दिएका छन् । भिडियोलाई सुरज कुशुम्याले निर्देशन गर्नुभएको छ । सुरज कुशुम्या हाल कान्तिपुर फिल्म एकेडेमीमा निर्देशन बिधामा अध्यनरत हुनुहुन्छ।

म्युजिक भिडियोमा नृत्य नरेश चौधरी र मान्सा रावलको रहेको छ । भिडियोको छायांकन ठाकुरबाबा नगरपालिका बर्दिया र च्याम गाउँ बाँकेमा भएको आर के थारुले बताउनुभयो । भिडियोको छायांकन रामु चौधरीले गर्नुभएको छ भने मेकअपमा सुश्मा थारु र सपना दहित रहेका छन् । आर के सि डिजिटलको युट्युब च्यानलबाट ‘मन लागेना’ बोलको म्युजिक भिडियो असोज २७ गते सार्वजनिक गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि