Date
शुक्र, कार्तिक ७, २०७७
Fri, October 23, 2020

सुशान्तसिंह प्रशंसकका निशानामा ‘लक्ष्मी बम’ (ट्रेलर सहित)

बलिउड नायक अक्षय कुमार र नायिका कियरा आडवाणी अभिनित चलचित्र ‘लक्ष्मी बम’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा हट अवतारमा नायिका कियरा आडवाणी प्रस्तुत भएकी छिन भने खेलाडी कुमार भने बिल्कुलै फरक भूमिकामा प्रस्तुत भएका छन् । भूतको कथा वस्तु र कमेडी मसलाले भरिपुर्ण ‘लक्ष्मी बम’को ट्रेलरले रिलिज भएको २४ घन्टा मा ३७.४ मिलियन भ्युज पाउन सफल भएको छ ।
सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणबाट ब्युँतेको नेपोटिजमका कारण चपेटामा अब ‘लक्ष्मी बम’ मुछिएको छ । ट्रेलर सार्वजनिक भए सँगै सामाजिक सञ्जालमा ‘लक्ष्मी बम’लाई बाइकट अभियान प्रशंसकहरुले चलाइरहेको छन् भने फिल्म रिलिजमा प्रतिबन्ध लगाउन समेत माग गरिएको छ । सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा सी बि आइ जांचको लागि नायक अक्षय कुमारले नै समर्थन गरेका भए पनि हालै ट्विटरमार्फत आफ्नो विचार पोखेका कारण प्रशंसकहरु अक्षयसँग रिसाएका हुन् । हालै सुशान्तको आत्महत्या नै भएको भन्ने अन्तिम रिपोर्ट सार्वजनिक भएको थियो, जसमा अभिनेता अक्षयले सुशान्तको मृत्यु प्रकरणमा भएको अनुसन्धान विश्वासिलो भएको भन्दै प्रतिक्रिया दिएका कारण ‘लक्ष्मी बम’ लाई बाइकट अभियान प्रशंसकहरुले चलाएका हुन् ।

ट्रेलर सार्वजनिक युट्युब च्यानलमा लाइक डिसलाइक गर्न नमिल्ने गरिएको छ जसबाट प्रशंसकहरुले अक्षय कुमार डराएको समेत पनि भनेका छन् । नोभेम्बर ९ तारिखमा डिजिटल माध्यमसँगै हलमा पनि रिलिज गरिने चलचित्रलाई राघव लवरेंसले निर्देशन गरेका हुन् ।

सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणबाट ब्युँतेको नेपोटिजमका कारण चपेटामा अब ‘लक्ष्मी बम’ मुछिएको छ । ट्रेलर सार्वजनिक भए सँगै सामाजिक सञ्जालमा ‘लक्ष्मी बम’लाई बाइकट अभियान प्रशंसकहरुले चलाइरहेको छन् भने फिल्म रिलिजमा प्रतिबन्ध लगाउन समेत माग गरिएको छ । सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा सी बि आइ जांचको लागि नायक अक्षय कुमारले नै समर्थन गरेका भए पनि हालै ट्‌विटरमार्फत आफ्नो विचार पोखेका कारण प्रशंसकहरु अक्षयसँग रिसाएका हुन् । हालै सुशान्तको आत्महत्या नै भएको भन्ने अन्तिम रिपोर्ट सार्वजनिक भएको थियो, जसमा अभिनेता अक्षयले सुशान्तको मृत्यु प्रकरणमा भएको अनुसन्धान विश्वासिलो भएको भन्दै प्रतिक्रिया दिएका कारण ‘लक्ष्मी बम’ लाई बाइकट अभियान प्रशंसकहरुले चलाएका हुन् ।

ट्रेलर सार्वजनिक युट्युब च्यानलमा लाइक डिसलाइक गर्न नमिल्ने गरिएको छ जसबाट प्रशंसकहरुले अक्षय कुमार डराएको समेत पनि भनेका छन् । नोभेम्बर ९ तारिखमा डिजिटल माध्यमसँगै हलमा पनि रिलिज गरिने चलचित्रलाई राघव लवरेंसले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया