Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

प्रजित श्रेष्ठको ‘आहै चचहुई’ सार्वजनिक ( भिडियो )

नजिकिदै गरेको महान चाड बिजया दशमी र तिहारलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक प्रजित श्रेष्ठले आफ्नो नयाँ गीत ‘आहै चचहुई’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
दशैँ र तिहारको महत्व र रमाइलोलाई समेटेर तयार पारिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक प्रजित श्रेष्ठको रहेको छ।
अस्ट्रेलियामा नै छायांकन गरिएको भिडियोमा सलिना कटुवालको साथमा अन्य धेरै नेपालीहरुको सहभागिता देख्न सकिन्छ। एजेआर फिल्म्सको छायांकन रहेको यस भिडियोलाई गायक श्रेष्ठको लगानी र निर्देशनमा तयार पारिएको हो। भिडियो गायक श्रेष्ठको अफिसिएल च्यानल ‘प्रजित श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको छ।
नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने गायक श्रेष्ठले यसअघि ‘माया’ , ‘तिमी र म’ लगायत दर्जन बढी गीतहरु सार्वजनिक गरिसकेका छन्। गायक श्रेष्ठले यसै गीत मार्फत सम्पुर्ण नेपालीहरुमा दशैँ तिहारको अग्रिम शुभकामना समेत व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

...र यो पनि