Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

वरिष्ठ कलाकार लक्ष्मी गिरी अभिनित ‘दशैँ’ सार्वजनिक ( भिडियो )

रोजगारीका लागि इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले निर्ममता पूर्वक हत्या गरेको १६ बर्ष पुरा भएको छ। २०६१ भदौ १६ गते घटेको हत्याकाण्डको घटनालाई आजको पुस्ता माझ स्मरण गराउन अमेरिकामा रहेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक रिजन गिरीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘दशैँ’ सार्वजनिक गरेका छन्।
गायक रिजन गिरी र उनकी आमा गंगा गिरीको युगल स्वर यस गीतमा सुन्न सकिन्छ। गीतका शब्द र लय आमा छोरा मिलेर तयार गरेका हुन्। यस गीतलाई सम्पुर्ण ताम्राकारले संगीत संयोजन गरेका हुन्। गुणस्तरीय अडियो निर्माणका लागि कोरस समुह , धेरै संगीतकर्मीले यस गीतमा मेहेनत गरेका छन्।
कोरना कहरका कारण अहिले लाखौ नेपाली विदेशमा छन् यो पटकको दशैँमा घर फर्किने अनि परिवार, आफन्त र साथीभाई संगको रमाइलो भेटघाटको सपना पुरा नहुने देखिन्छ। खुशी र सुखी हुने सपना देखेर परदेशिएका नेपालीहरुको भावना यस गीतमा सुन्न सकिन्छ।
इराकमा १२ नेपालीको बीभत्स हत्या गरिएको सत्य घटनालाई आधार बनाएर तयार पारिएको भिडियोमा वरिष्ठ कलाकार लक्ष्मी गिरी , कुशेन्द्र पुरुष ढकाल , रिजन गिरी र एलिजा न्यौपाने गिरीको मुख्य भुमिका रहेको छ भने अन्य धेरै सहायक कलाकारहरुको अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ।
सृजन प्रजापतिले छायांकन गरेको भिडियोलाई निश्चल जंग कार्कीले सम्पादन गरेका हुन्। रिजन गिरीको परिकल्पना र कथा रहेको यस भिडियोलाई अनिल न्यौपानेको निर्देशनमा तयार पारिएको हो। गायक गिरीकै युट्युव च्यानल रिजन गिरी मार्फत भिडियो सार्वजनिक भएको हो। इराकमा मारिएका १२ नेपालका परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै गायक गिरीले अग्रिम रुपमा सबै नेपालीहरुलाई दशैँको शुभकामना समेत व्यक्त गरेका छन।

तपाईको प्रतिक्रिया