Date
बुध, अशोज १४, २०७७
Wed, September 30, 2020

अमेरिका रेकर्ड गरियो आचार्य दम्पतीको ‘फुलको वर्णन’ लाई

अमेरिकाको पिट्सबर्ग, पेन्सीलभानिया रहेर व्यस्त जिवनयापनको बीच पनि निरन्तर नेपाली गीत रचनामा सक्रिय गीतकार तिलचन आचार्य र उहाको धर्मपत्नी पबित्रा आचार्यको युगल स्वरमा आउने नयाँ गीत ‘फुलको बर्णन’को रेकर्ड सकिएको छ ।

बालकृष्ण न्यौपानेको शब्द ,संगीत र बिष्णु अधिकारीको संगीत संयोजन गरेको गीतको रेकर्डिस्ट मोनिश चामलिंग हुनुहुन्छ । ‘फुलको बर्णन’ गीतलाई पेन्सीलभानियाको स्टुडियोमा नै रेकर्ड गरिएको हो ।

धेरै गीतहरु लेखिसक्नु भएको तिलचन आचार्यको गीतलाई स्रोता ,दर्शकले धेरै मन पराएका छन । ‘फुलको बर्णन’ गीतको आचार्यको नै लगानीमा भिडियोको छिट्टै निर्माण गरिने समेत जानकारी दिनु भयो ।

आचार्य त्यतिकै समाज सेवामा सक्रिय हुनुहुन्छ उहाँ पिट्सबर्गमा रहेको अटोनोमी होमकेयरको एजेन्सी डिरेक्टर हुनुहुन्छ । एउटा कुशल ब्यबथापकको रुपमामा चिनिने आचार्य हाम्रो क्रियटिभ क्रियसन च्यानलको सन्चालक समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया