Date
बुध, अशोज १४, २०७७
Wed, September 30, 2020

छिट्टै ‘आँखा भित्र’ लिएर आउदै लोकप्रिय गायक मोहन भुषाल

५० को दशकमा नेपाली संगीतमा पपगीत स्थापित गराउनेमध्यका एक चर्चित गायक हुन मोहन भुषाल ।
‘नलेख चिठ्ठी तिमीले मलाई, संझी दिए मात्र पुग्छ’ ,’जती हेरु उती हेरु हेरु लाग्ने’, आजभोली, हराउने चाहना,’ लगायत ७ वटा एल्बमका दर्जनौ उनका गीतले श्रोता , दर्शकको मन जित्यो उनै गायक मोहन भुषाल सन् २००७ देखि अमेरिका मै छन । अमेरिका बसाईको लामो समयमा करिब ७ बर्ष अघि पनि नेपाल आएका बखत आठौ एल्बम ‘अथर्व’ बजारमा ल्याएका थिए ।

यिनै चर्चित लोकप्रिय गायक भुषालको अब ‘आँखा भित्र ‘ बोलको गीत छिट्टै बजारमा आउने भएको छ गीतको सम्पूर्ण कामहरु लगभग सकिसकेको र लामो ल़कडाउनका कारण भिडियो निर्माणमा ढिलाई भएकाले अब छिट्टै म्युजिक भिडियोको निर्माण गरिने र गीत सार्वजनिक गरिने गायक भुषालले जानकारी दिनु भयो।’आँखा भित्र’ गीतको भिडियोलाइ हिमालय टेलिभिजनका कार्यक्रम निर्माता प्रज्वल शाक्यले निर्देशन गर्दैछन भने दशैको घटस्थापनाको दिन सार्वजनिक गरिने पनि निर्देशको शाक्यले बताउनु भयो।

तपाईको प्रतिक्रिया