Date
बुध, अशोज १४, २०७७
Wed, September 30, 2020

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रेमगीत ३ का निर्देशक गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो ।

४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।

दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर चलचित्र क्षेत्रमा भित्रिएका गुरुङले चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए । उनी नयाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए ।

तपाईको प्रतिक्रिया