Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘त्यो मनमा’ गीत लिएर गायिका डा.रानी शाक्य (भिडियो)

अमेरिकाको मेरिल्याण्डमा बसेर लामो समय देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका डा.रानी शाक्यले नयाँ गीत ‘त्यो मनमा’को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन। सुरज सिंहको शब्द र संगीत रहेको गीतको संगीत संयोजन भिषण मानन्धरले गरेका हुन। गीतको भिडियोमा निक सिंह र सिम्रन खड्काले अभिनय रहेको छ नितिन चन्दको निर्देशन रहेको भिडियोमा रुपेश थापा छाँयाकन र सम्पादन रहेको छ । रानी शाक्यको अफिसिएल यूट्युबबाट सार्वजनिक गीतको मेल भोकलमा सुरज सिंह साथ दिएका छन ।
भर्खरै माया,प्रेममा पर्न लागेका युवापुस्ताको कथा समेटेर तयार गरिएको गीतको भिडियोलाई यूट्युबमा अपलोड भएको केही दिनमै गीतको भिडियोले राम्रो प्रतिक्रिया आइरहेको छ । कोरोन कहरबीच धेरै गीतहरु ल्याई रहनु भएकी गायिका शाक्यको अब छिट्टै गायक प्रतापदास संगको युगल गीतको भिडियो रिलिज हुदै छ ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि