Date
शनि, फाल्गुन १५, २०७७
Sat, February 27, 2021

अन्जली र दिक्पाल अभिनित दधीको ‘मेरो माया हेरिदेउ ’ (भिडियो )

काठमाडौं । गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’ सार्वजनिक भएको छ । लोकप्रिय गायक एबम संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी तथा दिक्पाल कार्कीले अभिनय रहेको छ ।
साईपल क्रियसनले निर्माण गरेको गीतको भिडियोमा राजन शाहीको कोरियोग्राफी , आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहने छ भिडियोमा मोडल, अभिनेता, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ। हाल लोकप्रिय गायक, गायिका एबम संगीतका हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङमा ब्यस्त उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन ।
भिडियोलाई साईपल क्रियसनको युट्युबबाट रिलिज गरिएको हो । आगामी दिनमा पनि साईपल क्रियसन मार्फत राम्रा राम्रा गीतहरुको भिडियो निर्माण गरिने यसका सन्चालक एबम गीतकार दधी अधिकारीले जानकारी दिनु भयो ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि