Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

संचारकर्मी रोशन र इन्द्रको शब्द सिर्जनामा “पैसाको अभाव” (भिडियो)

काठमान्डौँ ।सन्चारकर्मी रोशन पोखरेल र इन्द्र दाहाल शिशिरको शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना गीत ‘पैसाको अभाव’ सार्वजनिक भएको छ। नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाज रहेको गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ ।
गीतको शब्द तथा भाव अनुसारको एरेन्ज कृृष्ण केसीले गरेका छन । सुशिल डाँगी र राहुल राईको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ । ”पैसाको अभाव ” गीतको भिडियोमा सारिका केसी , जय देवकोटा ,शेखर दाहाल र बाल कलाकारको भुमीकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=YwK23aER9Q0&feature=emb_title&fbclid=IwAR2Fuwwlqg4h2Hxq5OcwgMRT5xCZBzHE4_8BUoA7RoE5cmzf2pRGDYR6C68

 

 

 

 

 

तपाईको प्रतिक्रिया

...र यो पनि