Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

पुष्प खड्का र गरिमा शर्मा फिचर्ड ‘भुर भुर पुतली’ सार्वजनिक [भिडियो ]

गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको आवाजमा समावेश ‘भुर भुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ । नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट (मीस्टर आरजे)को संगीत छ ।
यो गीतले यूवा–यूवतीको प्रेमलाई व्यक्त गर्न खोजेको छ । यो गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।
भिडियोमा किसन रेग्मीको लगानी छ । भिडियोमा नायक पुष्प खड्का र मोडल गरिमा शर्माको मोडलिङ छ । भिडियोमा पुष्प र गरिमा रोमान्टिक देखिएका छन् ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । निर्देशक विधान कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफूल बनाएका छन् । उनी, पछिल्लो समयमा म्यूजिक भिडियो निर्देशनमा व्यस्त छन् ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि