Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

गीतकार प्रमिला बस्नेतको ‘प्रेम गरौं’ सार्वजनिक [भिडियो]

कोभिड- १९ को महामारीका कारण अहिले विश्वभर नै मानव समुदाय ठुलो बिपत्ती, बिचल्लीमा रहेको छ । यस्तो समयमा एकले अर्कोलाई ‘प्रेम गरौं’ भन्ने मुख्य भाव बोकेको गीतकार प्रमिला बस्नेतले गीत सार्वजनिक भएको छ ।

गीतकार प्रमिला बस्नेतले ‘प्रेम गरौ’ गीतलाई आफ्नै युट्युब च्यानल मार्फत पुन सार्वजनिक गर्नु भएको छ ।

धनु ज्ञाङ्मीले संगीत र एरेन्ज रहेको गीत धेरै गायक गायिकाको स्वरमा रहेको छ। केहि महिना पहिले कोरोना महामारीको सुरु भएको अवस्थामा लेखिएको गीत समय सान्दर्भिक रहेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका आइसीसी मेम्बर समेत रहनु भएकी गीतकार बस्नेतले विशेष सामाजिक सन्देश बोकेका गीतहरुमा कलम चलाउदै आउनु भएको छ ।

भिडियो हेर्नुहोस्:

 

तपाईको प्रतिक्रिया