Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

देशभक्ती गीत ‘म हुँ नेपाली’ लिएर आए गायक राम किशन पाण्डे (भिडियो)

३ दशक देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय सर्जक, गायक राम किशन पाण्डेको देशभक्ती गीत ‘म हुँ नेपाली’ सार्वजनिक भएको छ ।
प्रकाश घिमिरेको रचना र राम किशन पाण्डेको नै संगीत रहेको गीतलाई भुपेन्द्र बज्राचार्यले म्युजिक एरेन्जमेन्ट गरेका हुन् ।
एसियन म्युजिकले संसारभर ७० वटाभन्दा बढी डिजिटल प्लाटफर्ममा अडियो र आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको ‘म हुँ नेपाली’को भिडियोलाई दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । पछिल्लो समय एसियन म्युजिकले नेपाली गीत संगीतलाई पनि विश्वभर पुर्याउने हेतुले संसारभर ७० वटाभन्दा बढी डिजिटल प्लाटफर्ममा अडियोको मार्केटिंग गर्दै आएको छ ।
यसअघि ४ वटा गीती एल्बम, हिन्दी गीतहरुको एल्बम र धेरै अन्य गीतहरु बजारमा ल्याइसक्नु भएका ‘म हुँ नेपाली’का गायक राम किशन पाण्डे लामो समयदेखि अमेरिकामा बसेर नेपाली सांगीतिक क्षेत्रमा निरन्तर लाग्दै आउनु भएको छ ।

 

तपाईको प्रतिक्रिया