Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

रितु पौडेल फिचर्ड मोनिका ल्होरुङ्ग को ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक [भिडियो ]

गायिका मोनिका ल्होरुङको नयाँ गीत ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक भएको छ ।रमेश पौडेलको शब्द रचना, सुशील बिश्वकर्माको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ ।
युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको ‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियोमा रितु पौडेलको अभिनय रहेको छ। भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।
मोडल, अभिनेता, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका युवा निर्देशक प्रहिल कार्की हाल लोकप्रिय गायक, गायिका एबम संगीतकार हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङ्गमा ब्यस्त छन् भने उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन ।
गायिका मोनिका ल्होरुङले यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेकी छिन ।रिलिज सगै भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि