Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

मोडेल सुशील रेग्मीको दमदार अभिनयमा ‘माया नयनी ताल ‘ आउदै [फोटो फिचर ]

अहिलेका चर्चित मोडेल सुधिर श्रेष्ठ, रियाशा दाहाल र अर्का सम्भावना भएका मोडेल सुशील रेग्मीको अभिनय रहेको म्युजिक भिडियो छिटै नै सार्वजनिक हुदै छ ।लोकप्रिय सरोज साजन श्रेष्ठ शब्द, संगीत र स्वर भएको यस गीत ‘माया नयनी ताल ‘ लाइ नेपाली लोक र पप जनरालाई फ्युजन गरिएको छ ।

ललितपुर र काठमाडौँ मा छायांकन भएको यस भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन। भिडियोमा उत्सव दाहालको छायांकन, सुरेन बसेलको नृत्य निर्देशन, दिपेन गौतमको निर्माण नियन्त्रण रहेको छ । सरोज साजन श्रेष्ठ प्रस्तुति र अन्तराष्ट्रिय कम्पनि नेप्सिनेको भिडियो निर्माण रहेको यस भिडियोमा निर्माता प्रेम रेग्मी रहेका छन् । सार्बजनिक हुन लागेको भिडियोमा नेप्सिनेको तर्फा बाट रायन रेज कार्यकारी निर्माता हुन् । यति बेला यो भिडियो को सम्पादन कार्य नेप्सिने फिल्म स्टुडियोमा बिकाश दाहालले गर्दै छन् । भिडियोलाई तीज पछि रिलिज गरिने निर्माण पक्षले बताएको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि