Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

प्रदिपको शब्द र मेलिनाको स्वर रहेको ‘आँखामा आँशु’ बिहिबार रिलिज हुने ( भिडियो )

चर्चित गायिका मेलिना राईको नयाँ गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक हुने भएको छ ‘आँखामा आँशु’ बोलको उक्त गीत
साँझ ४ बजे राजेश अर्यालको अफिसियल च्यानल मार्फत सार्वजनिक हुने भएको छ।
सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर मेलिना राईको रहेको छ भने शब्द प्रदिप सुवेदीको रहेको छ। पुरुषोत्तम न्यौपानेले संगीतवद्द गरेको यस गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा कमल सिंह र प्रियाना आचार्य फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
अमेरिकामा रहेर निरन्तर गीत संगीत र कृषि कर्म गरेर अघि बढिरहेका गीतकार राजेश अर्यालले संचालन गरिरहेको अमेरिकाको सबैभन्दा ठुलो नेपाली फार्म ब्रूक मेडो फार्मको लगानीमा भिडियो निर्माण भएको हो।
गीतकार अर्यालका यसअघि ” प्रेमको फुल”, “बाउकी सोझी छोरी” ,”आइ लव यु ,आइ मिस यु” लगायतका दर्जनौ चर्चित गीतहरु सार्वजनिक भैसकेका छन्। यसअघिका गीत संगीत जस्तै यस गीतलाई माया गरेर प्रतिक्रिया दिन गीतकार सम्पूर्ण नेपाली गीत संगीत प्रेमीलाई आग्रह गरेका छन्।

 

 

 

तपाईको प्रतिक्रिया